गुल्मी १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली सात हजार बढी मतले विजयी भएका छन्।
कुल सदर मत ६८ हजार ८ सय ४९ मध्ये ज्ञवालीले ३७ हजार ८सय १४ मत पाए। उनका प्रतिष्पर्धी कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २ सय ५६ मत पाएका छन्। २०७० सालको चुनावमा ज्ञवाली भण्डारीसँग पराजित भएका थिए।