उपप्रधानमन्त्री एवं सुनसरी–३ का कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार पछाडि परेका छन्।
प्रतिस्पर्धी वाम गठबन्धनकी एमाले उम्मेदवार भगवती चौधरीभन्दा गच्छदार २ हजार २ सय ५६ मतले पछाडि परेका छन्।
प्राप्त मतपरिणाम अनुसार एमालेकी चौधरीले १६ हजार १ सय २२ मत ल्याएकी छन्। कांग्रेसका गच्छदारले १३ हजार ४ सय ६६ मत ल्याएका छन्। गच्छदार २०४८ सालदेखि भएका सबै निर्वाचनमा निर्वाचित हुँदै आएका थिए।