२०४८ सालपछिका सबै निर्वाचन जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ मा सुरुवातदेखि नै पछाडि परेका छन्।
पौडेल आफ्ना प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठ भन्दा ४ हजार ९ सय ७२ मतले पछाडि परेका छन्।
एमालेका श्रेष्ठले २६ हजार २ सय ३७ मत ल्याएका छन्। पौडेलले २१ हजार २ सय ६५ मत ल्याएका छन्।
अहिलेसम्म ४९ हजार ३ सय २४ मत गणना भइसकेको छ भने अब १५ हजार मतगणना हुन बाँकी छ।
पौडेल यसअघिका ५ वटा निर्वाचनमा तनहुबाट फराकीलो अन्तरले विजयी हुदै आएका थिए।