प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेले समानुपातिकमा समेत अग्रता लिएको छ। आज साँझ ५ बजेसम्म ३ लाख ४० हजार २२३ मत गनिसकिएको छ।
जसमा नेकपा एमालेले १ लाख ३२ हजार ६५२ अर्थात ३९ प्रतिशत मत पाएको छ।
त्यस्तै प्रत्यक्षमा एमालेभन्दा धेरै पछि परेको नेपाली कांग्रेसको समानुपातिकमा एमालेभन्दा २ प्रतिशत मात्र कम मत छ। कांग्रेसले १ लाख २७ हजार ३९९ अर्थात ३७ प्रतिशत मत ल्याएको छ।
प्रत्यक्षतर्फ दोस्रोमा रहेको वाम गठबन्धनको घटक माओवादी केन्द्रले ५६ हजार ५ सय ४ अर्थात १६ प्रतिशत मतसहित तेस्रो स्थानमा झरेको छ। यी तीन पार्टीबाहेक अहिलेसम्म कुनै पनि दलले राष्ट्रिय पार्टी हुन आवश्यक तीन प्रतिशत मत पाएक छैनन्।
नयाँ शक्ति पार्टी नेपालले पनि ७ हजार १७३ अर्थात समग्रमा २ प्रतिशत मत ल्याएको छ। पछिल्लो समय चर्चामा आएको विवेकशील साझा पार्टीले पनि १ हजार ८४१ अर्थात ०.५ प्रतिशत मत प्राप्त गरेको छ।
मधेसमा समानुपातिक मत गन्न सुरू नभएकाले मधेसवादी दलको मत नदेखिएको हो।