संघीय तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार सुनसरी ३मा एमाले की भगवती चौधरीभन्दा निरन्तर पछि छन्।
प्रतिनिधिसभा चुनावको मत परिणाममा चौधरीले गच्छदारलाई ८ सय ५४ मतले पछी पारेकी छन्। यसअघि यो मतान्तर ९ सय ७७ थियो।
पछिल्लो मतपरिणाम अनुसार चौधरीले २३ हजार १ सय ३ मत ल्याउँदा गच्छदारले २२ हजार २ सय ४९ मत पाएका छन्।