माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
दाहालले ४८ हजार २ सय ७६ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ३२ मत पाए।
गृहजिल्लामा यो दाहालको पहिलो जित हो। यसअघि उनी पहिलो र दोस्रो संविधान सभामा रोल्पा/काठमाडौं र सिरहाबाट विजयी भएका थिए।