मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको मतगणना जारी छ।
विभिन्न प्रदेशको प्रत्यक्ष निर्वाचनको मतगणना सम्पन्न भएको छ भने केहीमा जारी छ।
प्रत्यक्षको मतगणना सकिएको ६ नम्बर प्रदेशबाट प्रतिनिधि सभा नेपाली कांग्रेस शुन्य भएको छ। १२ क्षेत्र रहेको उक्त प्रदेशमा कांग्रेसले एक सिट पनि जितेको छैन।
प्रदेशसभामा रहेका २४ सिटमा कांग्रेसले एक सिटमात्र जितेको छ। प्रदेशसभाका एमालेले १४ माओवादीले ९ सिट जितेका छन् जो ४० सदस्यीइ प्रदेशसभा वाम गठबन्धनको बहुमत पुगेको छ।
हुम्ला ख बाट कांग्रेसका जीवनबहादुर शाही प्रदेशसभामा विजयी भएका छन्।
एमालेका जितेका क्षेत्र र उम्मेदवार१. सल्यान कः गुलावजंग शाह
२. सल्यान ख: प्रकाश ज्वाला
३. डोल्पा कः नन्दसिंह बुढा
४ जाजरकोट खः करबीर शाही
५ मुगु कः दानसिंह परियार
६ मुगु खः चन्द्रबहादुर शाही
७ जुम्ला खः पदम रोकाया
८. कालिकोट कः कर्मराज शाही
९. हुम्ला कः दल रावल
१०. दैलेख खः अम्मरबहादुर थापा
११. सुर्खेत १ खः खड्कबहादुर खत्री
१२. सुर्खेत २ कः यमलाल कँडेल
१३. दैलेख २ कः सुशीलकुमार थापा
१४. दैलेख २ खः राजबहादुर शाही
माओवादी जितेका क्षेत्र१. डोल्पा खः बिरबहादुर शाही
२. जाजरकोट कः गणेशप्रसाद सिंह
३. जुम्ला कः नरेश भण्डारी
४. कालिकोट खः महेन्द्रबहादुर शाही
५. दैलेख कः धर्मराज रेग्मी
६. सुर्खेत १ कः ठम्मबहादुर विष्ट
७. सुर्खेत २ खः बिन्दमान विष्ट
८. रुकुम पश्चिम कः रातो कामी
९. रुकुम पश्चिम खः गोपाल शर्मा