कञ्चनपुर–३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक झिनो मतान्तरले पछि परेका छन्।
९ हजार मत गणना बाँकी हुँदा लेखक ६६ मतले पछि परेका छन्। उनले २२ हजार ८ सय १२ मत पाएका छन् भने एमालेका दीपकप्रकाश भट्ट २२ हजार ८ सय ७८ मत पाएका छन्।
केहीबेर रोकिएको मतगणना अहिले जारी छ।