दुई नम्बर प्रदेशको प्रतिनिधि सभामा एमालेभन्दा धेरै सिट कांग्रेस प्रदेश सभामा भने पछाडि परेको छ।
कांग्रेसले यो प्रदेशका ३२ प्रतिनिधिसभा क्षेत्रमध्ये ५ क्षेत्रमा जितेको छ। एमालेले भने २ स्थानमा निर्वाचन जितेको छ। एमाले उम्मेदवार सर्लाही -१ अग्रता लिएका छन्।
प्रदेश सभामा भने एमालेले कांग्रेसले भन्दा ५ स्थानमा बढी जितेको छ। एमालेले दुई नम्बर प्रदेशका १३ वटा प्रदेशसभामा जितेको छ भने कांग्रेस ८ क्षेत्रमा सीमित भएको छ।
यो प्रदेशमा ६४ वटा क्षेत्र छन्। तीमध्ये ६० क्षेत्रको मत परिणाम अाइसकेकाे छ।
एमालेले विजयी हासिल गरेका प्रदेश सभाहरू१.सप्तरी १ को प्रदेश नम्बर १ मा सत्यनारायण मण्डल
२.सप्तरी ४ को प्रदेश नम्बर १ मा गोविन्दबहादुर न्यौपाने
३.सिराहा १ को प्रदेश नम्बर १ मा लगनलाल चौधरी
४.सिराहा १ को प्रदेश नम्बर अशोक कुमार यादव
५.सिराहा २ को प्रदेश नम्बर २ मा मदन सेन प्रसाद श्रीवास्तव
६.सिराहा ३ को प्रदेश नम्बर २ मा प्रमोदकुमार यादव
७.धनुषा १ को प्रदेश नम्बर १ मा किशोरी साह कमल
८.महोत्तरी १ को प्रदेश नम्बर १ मा शारदा देवी यादव
९.सर्लाही १ को प्रदेश नम्बर २ मा वेची लुङ्गेली
१०.सर्लाही ३ को प्रदेश नम्बर १ मा डिल्ली प्रसाद उप्रेती
११.रौतहट ३ को प्रदेश नम्बर १ मा नागेन्द्र राय यादव
१२.बारा १ को प्रदेश नम्बर १ मा त्रिलोकी प्रसाद
१३.बारा ४ को १ मा सुन्दर बहादुर विश्वकर्मा
कांग्रेसले विजय हासिल गरेका क्षेत्रहरू१.सप्तरी ३ को प्रदेश नम्बर २ मा मोहम्मद समिम
२.धनुषा ३ को प्रदेश नम्बर १ मा रामसरोज यादव
३.सर्लाही ४ को प्रदेश नम्बर १ मा विरेन्द्र प्रसाद सिंह
४.सर्लाही ४ को प्रदेश नम्बर २ मा उपेन्द्र प्रसाद कुशवाहा
५.रौतहट २ को प्रदेश नम्बर १ मा नागेन्द्रप्रसाद सिन्हा
६.रौतहट ४ को प्रदेश नम्बर १ मा धनलाल ठोकर
७.पर्सा १ को प्रदेश नम्बर १ मा राजेश्वरप्रसाद साह
८.पर्सा ४ को प्रदेश नम्बर १ मा शंकर प्रसाद चौधरी