समानुपातिकतर्फको १६ लाख मत गन्दा विवेकशील साझा चौथो स्थानमा आएको छ।
निर्वाचन आयोगका अुनसार सोमबार साँझसम्म १६ लाख २६ हजार ६ सय ६ मत गणना भएकोमा विवेकशील साझा पार्टीले ३६ हजार २ सय २५ मत ल्याएको छ।
पहिलो नम्बरमा नेकपा एमालेले ५ लाख ९७ हजार ६ सय २७ मत ल्याएको छ। दोश्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ५६ हजार ४ सय ८२ मत ल्याएको छ।
तेश्रोमा रहेका नेकपा माओवादी केन्द्रले २ लाख ६१ ह्जार ८ सय ९४ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ हजार ९ सय ८५ मत पाएको छ। संघीय समाजवादी फोरमको २७ हजार २ सय ८४ मत रहेको छ।
राष्ट्रिय जनता पार्टी नेपालले २७ हजार २ सय ५३ मत ल्याएको छ।
आयोगले १ करोड २२ लाख मत खसेको जनाएको छ।