काठमाडौं निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १ सय २१ मत पाएको छ।
सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ। काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९ सय ११ र एमालेले छ हजार ५०८ मत पाएका छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र)ले एक हजार ६८० मत प्राप्त गरेको छ। कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो।
अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौंका सबै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताए।