सुनसरी–३ मा बिहान ११ बजे स्थगित भएको मतगणना राती साढे दस बजे पनि सुचारु हुन सकेको छैन। मतपत्रमा २० रुपैँया भेटिएपछि सुरु भएको विवादले उग्र रूप लिएपछि मतगणना रोकिएको हो। कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमाले उम्मेदवार भगवती चौधरीबीच कडा प्रतिस्पर्धा रहेको छ।
एमाले उम्मेदवार चौधरीको कांग्रेस उम्मेदवार गच्छदारको भन्दा १ सय ३५ मत बढी रहेको छ।
एमाले उम्मेदवार चौधरीको २९ हजार ३ सय २६ रहेको छ। कांग्रेस उम्मेदवार गच्छदारको २९ हजार १ सय ७१ रहेको छ। कांग्रेसका पक्षमा मत आउने ठाँउको मतगणना हुन थालेपछि एमालेले बखेडा झिकेको कांग्रेसको आरोप छ।
एमाले उम्मेदवार चौधरी पक्षले भने अर्धकट्टीसहितका मतपत्र भेटिएपछि उत्पन्न भएको विवादले यस्तो भएको दाबी गरेका छन् ।