सुनसरी-३ मा मंगलबार बिहानदेखि मात्र मतगणना हुने भएको छ।
सोमबार ११ बजेदेखि स्थगित मतगणना मंगलबार बिहान सात बजेदेखि सुचारु हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।
मतपत्रमा २० रुपैँया भेटिएपछि भएको विवादका कारण मतगणना रोकिएको थियो। यस क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार र एमाले उम्मेदवार भगवती चौधरीबीच झिनो मतान्तर रहेको छ।
चौधरीले २९ हजार ३ सय २६ मत पाएकी छन् भने गच्छदारको २९ हजार १ सय ७१ छ। त्यहाँ अझै २० हजार मत गन्न बाँकी छ।