समानुपातिकतर्फको २४ लाख मतगणना हुँदा एमाले कांग्रेसभन्दा झन्डै ६० हजार मतले अगाडि छ।
मंगलबार बिहानसम्म गणना भएको २३ लाख ९९ हजार ८ सय ५१ मतमध्ये एमालेले ८ लाख ८१ हजार ८ सय ३२ मत पाएको छ भने कांग्रेसले ८ लाख २४ हजार ४ सय ४४ मत पाएको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ लाख ५८ हजार ५ सय ५५ मत पाएको छ।
चौथो स्थानमा संघीय समाजवादी फोरम छ। फोरमले ६२ हजार ४ सय ४१ मत पाएको छ।
विवेकशील साझा ५० हजार ४ सय ५३ मत ल्याएर पाँचौं स्थानमा छ।
राप्रपाले ४६ हजार ९ सय ५६, राजपाले ४० हजार ५ सय १५ र नयाँ शक्तिले ३० हजार ३ सय ८९ मत पाएका छन्।
मतगणना जारी छ।