कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधि सभाका लागि निर्वाचित भएकी छिन्। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रोका युवा तथा खेलकुद मन्त्री भएकी थिइन्। १० वर्षे जनयुद्धमा सुरुवातदेखि नै सहभागि भएकी रोका पहिलो महिला लडाकु समेत हुन्। लडाकुको रुपमा उनी बिग्रेड कमिसार भएर युद्ध मोर्चाको कमाण्ड सम्हालिन्। उनी पुर्नस्थापित संसदमा माओवादीको तर्फबाट सांसद बनेकी थिइन्। २०६४ को संविधान सभामा रोका समानुपातिक सांसद भइन्। अहिले उनी माओवादी केन्द्रको सचिवालय सदस्य र महिला विभागको इन्चार्ज छिन्। रोकासँग महिलाको रुपमा चुनावी प्रतिष्पर्धा र उनका आगामी योजनाबारे सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
पुरुष उम्मेद्वारलाई हराउनु भएको छ, कस्तो लाग्यो ? सानो तिनो प्रतिष्पर्धाका लागि पनि निकै सक्रियता र इच्छाशक्ति आवश्यक छ। अझ क्षमता पनि हुनुपर्यो। यी सबै समायोजन गरेर मात्र हामीले अधिकार प्राप्त गर्न सक्ने रहेछौँ। मेरो राजनीतिक यात्रा हेर्ने हो भने हरेक ठाउँमा संघर्ष गर्नुपरेको छ। अनि मात्र सफलता प्राप्त भएको छ।
महिलालाईउम्मेद्वार बन्न चाँही कति गाह्रो छ नि?निकै गाह्रो छ। हामीले पार्टीमा प्रत्यक्षमा कम्तिमा १५ देखि २० प्रतिशत महिलालाई टिकट दिनुपर्छ भनेको हो। सहमति पनि भएको थियो । तर वाम गठबन्धनको तालमेल भएकाले त्यसो हुन सकेन। अझ मेरो उम्मेद्वारी विरुद्ध अरु दुइ प्रतिष्पर्धी जिल्लामा समेत थिए। संघर्ष गरेर नै मेरो उम्मेद्वारी कायम रह्यो। पहिलो चरणमा ३२ जिल्लामा वाम गठबन्धनको एकमात्र महिला उम्मेद्वार म नै भएँ।
निर्वाचनको प्रतिष्पर्धामा कठिनाई कति छ? प्रचार प्रसार गर्न कति सहजता/असहजता छ?प्रतिष्पर्धामा त खासै असहजता भएन। बाहिर बाहिर 'मनि र मसल' भए चुनाव जितिन्छ भन्ने छ। तर मुख्य कुरा संगठन भएको पार्टी, माओवादीको आधार क्षेत्र भएकाले समस्या भएन। कार्यकर्ता परिचालनमा आवश्यक खर्च त लाग्यो। तर जुन खालको पैसाको खोलो बगाएर चुनाव जित्ने भन्ने यहाँ छैन। अहिले वाम गठबन्धनको साझा उम्मेद्वार भएकाले पनि केही सहजता भयो। प्रचार प्रसारमा भने हिँड्नु पर्यो। बाग्लुङ, डोल्पा र चीनको सीमानासम्म अभियान चलाइयो र यो बाटो तय गर्न मुस्किल थियो। महिला भएकै कारण कठिनाई भोग्नु भने परेन। जनताको बीचमा जाँदा त माया र सद्भाव पाँए।
अहिले महिलाका समस्या के हुन्? अझ तपाँइले जितेको क्षेत्रमा महिलाको अवस्था कस्तो छ?महिलाहरुले पढेका छैनन्। शिक्षा नै मुख्य समस्या हो। अझ छोरीहरुले पढेका छैनन्। रुढी संस्कृति छ। स्वास्थ्यमा महिलाको पहुँच छैन। आर्थिक रुपमा निर्भर छैन। सिप र क्षमता छ । घरेले समाग्री उत्पादन गरेपनि विक्री वितरण भएको छैन। सिप क्षमता आधुनिकिकरण र बजारको पहुँच पुर्याउनुपर्छ।
संसदमा यी समस्या कसरी उठाउनुहुन्छ? सांसदभएर के गर्नु हुन्छ?समग्र रुपमा मैले यहाँका सञ्चार सुविधा प्राथमिकतामा छ। टेलिफोनका टावरहरु। साविकका गाविसहरुमा बाटो, बाटो स्तरोन्नती गर्ने भन्ने हो। पूर्वी रुकममको गुरिल्ला ट्रेल विकास गर्ने। पर्यटन विकास सम्भव छ। स्मार्ट सहरको योजना परेको छ। त्यसको डिजाइनमा।
महिलाको लागि भने कानुनी र नीति निर्माणमा ध्यान दिने हो। महिलालाई एक तिहाई संविधानले ग्यारेण्टी गरेको छ। अब त्यसमा टेकेर समानताको तहमा पुर्याउन पहल गर्ने। अनि निर्वाचन पूर्ण समानुपातिक बनाउनुपर्छ। त्यसो हुँदा महिलाको सहभागिता बढ्छ। त्यसका लागि वाम गठबन्धनको दुई तिहाई आवश्यक छ।
सरकारमा महिला सहभागिता निकै कम हुने गरेको छ। किन कम सहभागिता गराइन्छ?अब त्यसका लागि फेरि संघर्ष गर्नुपर्छ। संघर्षका स्टेप छन्। नेताहरुलाई संविधानमा टेकेर सरकार बनाउन दबाब दिने हो। त्यसो नगरे महिलाहरुले फेरि संघर्ष गर्नुपर्छ। किनभने संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत भनेकाले त्यसो गर्न जरुरी छ।
चुनावअघि केहीले भने–महिलासँग पैसा हुँदैन अनि कसरी जित्छन् चुनाव- पवित्रा निरौला
- महिलालाई सरकारमा लैजान दबाब दिन्छुः कमला रोका