एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहानै रसुवाको लाङटाङ उपत्यका गएका छन्।
‘रिफ्रेस’ हुन भन्दै उनी हेलिकोप्टर लिएर लाङटाङ गएका हुन्। ओलीसँगै महासचिव ईश्वर पोखरेल, नेताहरु बिष्णु पौडेल र सुवास नेम्वाङ पनि लाङटाङ गएका छन्।
ओलीसहितको टोली आजै चीनसँग जोडिएको रसुवागढी नाका पनि जाने छन्। उनीहरु केहीबेर टिमुरमा रोकिने र साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ।