विवेकशील साझा पार्टीले प्रदेश नं ४ मा थ्रेस होल्ड कटाउँदा पनि समानुपातिक तर्फ सिट पाउन असफल भएको छ।
प्रदेश सभामा निर्वाचित हुन आयोगले १ दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड राखेको थियो। तर अन्य दलहरुको तुलनामा मतान्तर धेरै भएपछि विवेकशीलले सिट नपाएको हो।
विवेकशील जस्तै राप्रपाले पनि प्रदेश नं ४ मा एक सिट गुमाएको छ। प्रदेश नं ४ मा २० वटा दलले समानुपातिक निर्वाचनमा भाग लिएका थिए। जसमध्ये पाँच दलले मात्र सिट प्राप्त गरेका हुन्। प्रदेश नं ४ मा एमालेले १० सिट, कांग्रेसले ९ सिट, माओवादी केन्द्रले ३ सिट तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले एक एक सिट हात पारेका छन्। प्रदेश नं ४ को ६० सदस्यीय सभामा २४ जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन्।