२७ वर्षीया सृजना सैँजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नंम्बर ३ को सांसद बनाएको छ। नेमकिपाले प्रदेश नं ३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो।
नेमकिपाले बुधबार सैँजुलाई प्रदेश सांसद निर्वाचित गर्दै निर्वाचन आयोगलाई जानकारी दिएको हो। उनी हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन्। उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भैसकेकी छिन्।
सृजना नेमकिपाको आस्था सांस्कृतिक परिवारको पूर्व अध्यक्ष समेत हुन्।