पूर्वप्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार टोलवासीसँग छलफल गरेका छन्।
दुई साताअघि लाजिम्पाट छोडेर खुमलटार बसाइँ सरेका दाहाललाई आइतबार बिहान खुमलटार टोल सुधार समितिले कार्यक्रम गरी स्वागत गरेको हो।
‘मैले दोस्रोचोटि प्रधानमन्त्री हुँदा पनि देशलाई एकताबद्ध बनाउन सबै प्रयास गरेको हुँ, यहाँ आइसकेपछि पनि अध्यादेश पारित गराउन कांग्रेस र एमालेका नेताहरूसँग कुराकानी गरें,’ स्वागत कार्यक्रममा बोल्दै दाहालले भने, ‘म ललितपुर आएपछि यो टोल र जिल्लाको विकासमा मेरो सहयोग हुन्छ नै, राष्ट्र विकास गर्न तपाईंहरू मलाई सहयोग गर्नुहोस्।’
माओवादी अध्यक्ष दाहाल मंसिर २९ गते लाजिम्पाटको घर छोडेर खुमलटार बसाइँ सरेका थिए।
खुमलटारवासीले दाहाललाई आफ्नो टोलमा आएको खुसी व्यक्त गरेका थिए।