नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने भएका छन्।
स्वास्थ्यमा समस्या भएपछि ओली केही दिन यता भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहेका छन्।
उनलाई झाडापखाला भएको थियो। अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।
ओली नियमित परिक्षणका लागि २६ गते थाइल्याण्ड प्रस्थान गर्न लागेको पारिवारिक स्रोतले जानकारी दियो।
मृगौला प्रत्यारोपण गरेका ओली नियमित रूपमा स्वास्थ्य परिक्षण गर्न छ/छ महिनामा थाइल्याण्ड जाने गरेका छन्।
ओली यसअघि गत भदौ भदौ १४ गते उपचारका लागि थाइल्याण्ड गएका थिए। भदौ अघि उनी २०७४ जेठमा पनि थाइल्याण्ड पुगेका थिए।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले उनी नियमित रूपमा चेकअप गर्न थाइल्याण्ड जान लागेको भएपनि मिति भने टुंगो नलागिसकेको सेतोपाटीलाई बताए।