मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चारबजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
आजको बैठकले राष्ट्रिय सभा चुनावको मिति घोषणा गर्ने छ। निर्वाचन आयोगले माघ २५ गते राष्ट्रिय सभा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो।
अहिले प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरिरहेका छन्।
हिजो मात्रै प्रधानमन्त्री देउवाले यस विषयमा पाँच दलका नेताहरुसँग छलफल गरेका थिए।
प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानीबारे पनि छलफल भइरहेको छ। तर आजको मन्त्रिपरिषद्ले यी विषयमा टुंगो लगाउने सम्भावना भने कम छ।