नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक मंगलबार ३ बजे बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो।
बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्नेछ। संयोजन समिति बैठक अघि एमालेको सोमबार स्थायी समिति बैठक बसेको थियो।
दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ पार्टी एकता संयोजन समिति बैठक बस्ने विषयमा छलफल भएको थियो। संयोजन समितिमा एमालेका ४ जना र माओवादीका ३ जना नेता रहेका छन्।
एमाले सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा बैठकमा छलफल हुने बताए। एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदैछन्।