अदालतको अवहेलना गरेको भन्दै पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको रिहाइको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।
मंगलबार बिहान आठ बजे माइतीघरमा प्रदर्शन गरी केसीको रिहाइको माग गरिएको हो। पदर्शनमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री एंव कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र लगायतको उपस्थिति थियो।
थापा र मिश्रले कोण सभालाई सम्बोधन गर्दै डाक्टर केसीको रिहाइको माग गरेका छन्।
माइतीघरमा उपस्थित डाक्टर केसीका समर्थकले ‘न्यायभन्दा माथि हुन्छ, सत्यको जीत हुन्छ, गोविन्द केसीलाई रिहा गर’ लगायतका नारा लगाएका छन्।
यसैबीच प्रहरीले पक्राउ परेका डाक्टर केसीलाई केहीबेरअघि सर्वोच्च अदालत पुर्याएको छ।
अदालत खुलेपछि अवहेलना मुद्दामा उनको बयान सुरु हुनेछ।
तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी