डाक्टर गोविन्द केसीले अदालतको मानहानी गरेको मुद्दामा सुनुवाइ सुरु भएको छ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा दिउँसो साढे २ बजेपछि उनको मुद्दामा सुनुवाइ सुरु भएको हो।
केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्ने उनले जानकारी दिए।
भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्नेछन्।
केसीको विपक्षमा रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।