त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीको अपहेलना मुद्दामा अहिले बहस जारी छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरूषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा अहिले निवेदकले आफ्नो बहस सकेका छन्।
निवेदकको बहस सकिएपछि डाक्टर केसीले अहिले बहस गरिरहेका छन्।
अदालतका फैसलाप्रति जनमानसमा भ्रम फैलाउने गरी अभिव्यक्ति दिएको भन्दै केसीविरुद्ध अवहेलना मुद्दा परेको छ।
मंगलबार सो मुद्दामा केसीसँग बयान लिइएको थियो। अनसनरत केसीले बहसमा आफ्ना कुरा राखेपछि उनका वकिलले थप बहस गर्ने छन्।