नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको शैली बदलिरहेको बताएका छन्।
प्रवक्ता नियुक्त भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै शर्माले शैली बदलिरहेको कांग्रेस नेतृत्व जो बदलिन्छ, उसैले गर्ने बताए।
‘अब जो बदलिन्छ, उसैले कांग्रेसको नेतृत्व गर्छ,’ शर्माले भने, ‘अब पनि नबदलिनेहरुले बिदा लिन्छन्।’
यसअघि चुनावी पराजयपछि तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक माग गर्दै शर्मा लगायत सात जना नेताले विज्ञप्ति जारी गरेका थिए।
‘अब चाँडै केन्द्रीय कार्यसमितिको बैठक बस्छ र त्यसले चाँडै महासमिति बैठकको मिति तय गर्छ,’ शर्माले भने।
उनले आफ्नो पनि सञ्चार क्षेत्रको पृष्ठभूमि भएकाले पार्टी र मिडियालाई जोड्न सक्दो प्रयास गर्ने पनि बताए।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय सदस्य शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए।