मन्त्रिपरिषद्को बैठक सकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकामबारे केही निर्णय नगरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।
यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो।
बालुवाटार स्रोतका अनुसार दुबै विषयमा थप परामर्श गर्नपर्ने देखिएकाले आजको बैठकले यस विषयमा निर्णय गर्न नसकेको हो।