भारतको सर्वोच्च अदालतका चार न्यायाधीशले पहिलो पटक प्रधानन्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन आयोजना गरेका छन्।
राजधानी नयाँ दिल्लीमा सवोच्चका चार न्यायाधीशले प्रधानन्यायाधीशको कामकारवाहीबारे असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका हुन्।
भारतीय न्याय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीश यसरी सार्वजनिक रूपमा आएका हुन्।
पत्रकार सम्मेलन गर्नेहरूमा न्यायाधीशहरू जे चलामेशेरम, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफ छन्।
पत्रकार सम्मेलनमा बोल्दै न्यायाधीश जे चलामेश्वरमले भने, ‘सर्वोच्चको प्रशासन ठिक तरिकाले चलिरहेको छैन, यसलाई ठिक बनाउन हामीले धेरै कोशिश गर्यौं तर केही भएन। आज बिहान पनि हामीले प्रधानन्यायाधीशलाई भेटेका थियौं। हामीले यो सब किन भनिरहेका छौं भने भोलि हामीलाई आफ्नो आत्मा बेचेको आरोप नलागोस्।’
पत्रकार सम्मेलन गर्ने चारै जना सर्वोच्चका सिनियर न्यायाधीश हुन्।