सरकारले आज सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भएको छ।
सो विषयमा निर्णय गर्न दिउँसो साढे ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो।
'सबै दलको सहमतिमा प्रदेश प्रमुख तोक्ने तयारी छ,' स्रोतले भन्यो।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्ले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भने पनि थप परामर्श आवश्यक रहेको भन्दै निर्णय गरिएको थिएन।