उपचार गर्न थाइल्याण्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार मात्र स्वदेश फर्कने भएका छन्।
यसअघि उनको सचिवालयले ओली मंगलबार काठमाडौं फर्कने बताएको थियो।
‘जाँदाखेरि वान वे टिकटमात्र थियो, यही दिन फर्कने निश्चित थिएन,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘उहाँको सबै परीक्षण भइसकेको छ, एक दुई दिन आराम गरेर बिहीबार फर्कनुहुन्छ।’
ओली बिहीबार अपरान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
ओलीसँगै गएका चिकित्सक भने फर्किसकेका छन्।
मृर्गौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ्य परीक्षण गर्न बुधबार बैंकक गएका थिए।