निर्वाचन आयोगले राष्ट्रिय पार्टी बनेका पाँच दललाई एकल संक्रमणीय प्रणालीको मतगणनाबारे जानकारी गराएको छ।
पाँचै दलका प्रतिनिधिहरुलाई मंगलबारआयोग कार्यालय बहादुर भवनमा डाकेर आयोगले राष्ट्रिय सभामा हुने एकल संक्रमणीय प्रणालीको मतगणनाबारे बताएको हो।
आयोगले पावर प्वाइन्टमार्फत् दलका प्रतिनिधिहरुलाई मतगणनाका सबै पक्षबारे जानकारी दिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।
‘निर्वाचन प्रक्रिया र निर्देशिकाबारे उहाँहरुले आफ्ना कुरा भन्नुभयो, आजको छलफल प्राविधिक विषयमा केन्द्रीत थियो,’ नेम्वाङले भने।
बैठकमा पाँचै दलका प्रतिनिधि सहभागी थिए।
माघ २४ गते हुने राष्ट्रिय सभा चुनाव एकल संक्रमणीय मत प्रणालीमा हुँदैछ।