नेकपा एमालेको स्थायी समिति बैठक बुधबार बस्ने भएको छ।
राष्ट्रिय सभा उम्मेदवार र उम्मेदवारी पत्रको आधिकारिक हस्ताक्षरका विषयमा निर्णय गर्न बैठक बस्न लागेको नेता प्रदीप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।
बैठक साढे १२ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक बसाइँ लम्बिएपछि उपाध्यक्ष वामदेव गौतमको अध्यक्षता बैठक बस्न लागेको हो।
अध्यक्ष ओली बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम छ।