प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बसेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार बैठक दिउँसो तीन बजे फेरि बस्नेछ।
बिहान ९ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक ११ बजेमात्र सुरु भएको थियो।
बैठकमा प्रदेश प्रमुखमा प्रस्तावित नामबारे कांग्रेस मन्त्रीले नै असन्तुष्टि जनाएपछि थप छलफल गर्न बैठक स्थगित भएको बालुवाटार स्रोतले जानकारी दियो।