नेकपा एमालेले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम नियमित काम भएको बताएको छ।
यही नियमित काम गर्न राजनीतिक सहमति खोजेर सरकारले राष्ट्रिय राजनीतिको गतिरोध लम्ब्याएको भए पनि अब प्रक्रियाको बाटो खुलेको एमालेको ठहर छ।
सेतोपाटीसँग कुरा गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले यो सरकारको काम भएकाले यसबारे आफूहरुको कुनै धारणा नभएको बताए।
‘सरकारले पहिला नै गर्नुपर्ने काम ढिला गरी गरेको छ,’ ज्ञवालीले भने, ‘यसमा हाम्रो कुनै कमेन्ट छैन, नयाँ सरकार आएपछि उसले आफ्नो तरिकाले काम गर्छ।’
ज्ञवालीले राजधानीका विषयमा भने तरंगित नहुन कार्यकर्तालाई पार्टीका तर्फबाट आग्रह गरेका छन्।
‘व्यक्तिका विषयमा नयाँ सरकारले नयाँ तरिकाले काम गरिहाल्छ, प्रदेश राजधानी दुई तिहाइले परिवर्तन गर्न सक्छ,’ ज्ञवालीले भने, ‘यस विषयमा धेरै तरंगित भएर आन्दोलन गर्नेतिर नलाग्न पनि आग्रह गर्छु।’
एमाले नेता शंकर पोखरेलले भने सरकारले कार्यदलको सिफारिश बाहिर गएर अस्थायी राजधानी तोक्नु दुर्भाग्यपूर्ण भएको ट्वीटरमार्फत् बताएका छन्।
https://twitter.com/shankarpokhrel8/status/953610196827357185
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सात प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको थियो।