राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी उमाकान्त झा प्रदेश प्रमुख नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई प्रदेश नम्बर पाँचको प्रदेश प्रमुख बनाएको छ।
यसअघि कांग्रेसले पाँच, फोरम र राजपाको सिफारिसमा १–१ जना प्रदेश प्रमुख नियुक्ति गर्ने गरी भागबन्डा भएको थियो।
राजपाको भागमा परेको १ प्रदेश प्रमुखमा ठाकुरले आफ्ना सम्धीलाई सिफारिस गरेका थिए।
ठाकुरकी एकमात्र छोरीको विवाह झाका छोरासँग भएको छ।
झा पूर्वस्वास्थ्य सचिव हुन्। खिलराज रेग्मीको मन्त्रिपषिद्मा उनी स्वास्थ्य मन्त्री बनेका थिए।
https://www.youtube.com/watch?v=2IlBDqISjLQ&feature=youtu.be