नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाका ४ उम्मेदवारको टुंगो लगाएको छ।
राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ।
बैठकमा सहभागी नेता बालकृष्ण खाँण अनुसार प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।
यसअघि मंगलबार कांग्रेसले प्रदेश सातका ४ उम्मेदवार टुंग्याएको थियो।
राष्ट्रिय सभा चुनाव माघ २४ गते हुँदैछ। भोलि उम्मेदवारी दर्ता गर्नु पर्नेछ।