कागजात किर्ते गरेको अभियोगमा मुद्दा खेपिरहेका प्रहरीका पूर्व नायव महानिरीक्षक तथा निर्वाचित सांसद नवराज सिलवालले सत्य तथ्यमा आधारित छानविनले सवै प्रश्नको सही उत्तर दिने बताएका छन् ।
आफूविरुद्ध इन्टरपोलले डीफ्युजन नोटिस जारी गरेपछि पूर्व डीआइजी सिलवालले सत्ताशिन दलतर्फ लक्षित गर्दै कडा प्रतिक्रियासमेत दिएका छन्।
जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य-तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सही उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफू फसिने बुझेको हुन्छ र त्यहिबाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाई फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन l
प्रहरीले खोजीको सूचीमा राख्दै इन्टरपोलमा सूचना समेत सार्वजनिक गरेका बेला सिलवालले ट्वीटरमा निष्पक्ष छानविन हुँदा आफू पनि फसिने बुझेपछि अफवाहपूर्ण कुप्रचार सहित कसैलाई फसाउने प्रचञ्च शुरु गर्ने बताएका हुन्।
प्रहरी प्रमुख बन्न सिलवालले कार्य सम्पादन मूल्याकन फाइल कीर्ते गरी पेश गरेका आरोपमा उनीमाथि छानबिन भइरहेको छ। तर उनी पक्राउ पर्न नसकेपछि इन्टरपोललाई डीफ्युजन नोटिस जारी गर्न आग्रह गरेको थियो।