नेकपा एमालले राष्ट्रिय सभा निर्वाचनका लागि २९ उम्मेद्वारको टुङ्गो लगाएको छ। वाम गठबन्धनले ४३ स्थानबाट उम्मेद्वारी दिने घोषणा गरेको थियो। जस अनुसार एमालेको भागमा २९ सिट परेको थियो। सोमबार एमालेले प्रदेश ५,६ र ७ बाट १३ उम्मेद्वारको टुङ्गो गरेको थियो।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले प्रदेश १, २, ३ र ४ बाट थप १६ उम्मेद्वारको टुङ्गो लगाएको हो। एमालेले वाम गठबन्धनका उम्मेद्वारलाई जिताउने निर्णय समेत गरेको छ। यी हुन् एमालेका उम्मेद्वार -
प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
सम्बन्धित समाचार यी हुन् एमालेको प्रदेश ५, ६ र ७ का उम्मेद्वार