पर्यटन मन्त्री जीतेन्द्रनारायण देवलाई कांग्रेसले प्रदेश २ बाट राष्ट्रिय सभा उम्मेदवार बनाएको छ।
लामो समय कम्युनिष्ट राजनीति गरेका देव २०६३ मा तत्कालीन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए।
फोरम फुटेपछि उनी विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम प्रवेश गरेका थिए।
पछिल्लो समय फोरम लोकतान्त्रिकको कांग्रेसमा मिसिएको छ।
कांग्रेसले सोही प्रदेशमा मुक्ताकुमारी यादवलाई महिला कोटाबाट सांसद बनाएको छ।
प्रदेश दुईका बाँकी ४ सिटमा कांग्रेसले फोरम र राजपालाई सघाउने सहमति भएको छ।