मधेसकेन्द्रीत दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रिय सभाको उम्मेदवार तय गरेका छन्।
राजपाले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र रमेश यादवलाई उम्मेदवार बनाएको छ।
फोरमले रामप्रित पासवान र प्रमिला यादवलाई उम्मेदवार बनाएको छ।
कांग्रेस,राजपा र फोरमले दुई नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि २/२ सिटमा भागवन्डा गरेका छन्।