राष्ट्रिय सभाका ५६ सदस्यका लागि ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार ७ प्रदेशमा ९ पार्टीका ८२ जनाले उम्मेदवारी दिएका हुन्।
आयोगका अनुसार प्रदेश १ मा १२, २ मा ९, ३ मा १६, ४ मा १२, ५ मा ११, ६ मा १२ र ७ मा १० जनाले उम्मेदवारी दिएका छन्।
सबैभन्दा कम उम्मेदवारी परेको प्रदेश २ मा ३ महिलासहित १ दलित र १ अपांग /अल्पसंख्यक निर्विरोध भएका छन्।
त्यहाँ खुलातर्फका ३ सिटका लागि ४ जनाको उम्मेदवारी परेको छ।
देशभरि ९ पार्टीले उम्मेदवारी दिएका छन्। प्रदेश ६ र ७ मा भने कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्र उम्मेदवारी दिएको आयोगले जनाएको छ।