प्रदेश नम्बर सातको पहिलो प्रदेश सभा बैठक माघ २१ गते बस्ने भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लको सचिवालयले दिएको जानकारी अनुसार २१ गते १ बजेका लागि प्रदेश सभाको पहिलो बैठक डाकिएको हो।
निर्वाचन आयोगले प्रदेश सभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ।
तीन नम्बरको पहिलो प्रदेश सभा बैठक माघ १८ का लागि डाकिएको छ।