नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता पाउने उमेर घटाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वृद्धभत्ता पाउने उमेर कति वर्ष हुने भन्ने कुरा राष्ट्रिय एजेन्डा भएकाले यसमा व्यापक छलफल हुनु पर्ने बताए।
‘के हामी बैंशदेखि नै वृद्धभत्ता खाने हो?’, ओलीले भने, ‘देउवाजी सांसद हुनुहुन्छ, उहाँलाई भत्ता आइहाल्छ त।’ पत्रकार सम्मेलनमा बोल्दै ओलीले यो सरकारले गरेका असान्दर्भिक सबै निर्णय नयाँ सरकारले खारेज गर्ने बताए।
बुधबारको मन्त्रिपरिषद् बैठकले ७० वर्षमा दिइँदै आएको वृद्धभत्ताको उमेर घटाएर ६५ वर्ष पुर्याउने निर्णय गरेको थियो।