न्यायसेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषदका सचिव राजन भट्टराईलाई नियुक्त गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ। न्याय सेवा आयोगको बुधवार बसेको बैठकले भट्टराईको नाम सिफारिस गरेको हो।
यसअघि मुख्य रजिष्ट्रार नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीश बनाएपछि उक्त पदमा भट्टराईलाई सिफारिस गरिएको हो।
न्यायसेवाका ११ जना सचिव मध्येबाट उनलाई मुख्य रजिष्ट्रारका आयोगले छानेको हो।यसअघि उनी बेपत्ता छानविन आयोगमा सचिव थिए। त्यसअघि उनी सह-महान्यायाधीवक्ता थिए उनी पहिले न्यायसेवा अन्तरगतको सरकारी वकिल समूहममा सहन्यायाधीवक्ता थिए। गोपाल पराजुली प्रधानन्यायाधीश भएपछी उनलाई न्यायपरिषद्को सचिव वनाएका थिए।
प्रधानन्यायाधीश न्यायसेवाका कर्मचारीको सरुवा बढुवा गर्ने न्यायसेवा आयोगको पदेन अध्यक्ष हुन्छ। त्यस्तै महान्यायाधीवक्ता उक्त आयोगको सदस्य हुन्छ। तत्कालिन महान्यायाधीवक्ता रमण श्रेष्ठ र पराजुलीकै जोडबलमा भट्टराई परिषद् सचिव भएका थिए।
अदालतमा भने विभिन्न अदालतमा रजिष्ट्रार र सर्वोच्च अदालतकै सहरजिष्ट्रार भएर यसअघि काम गरेका न्यायसेवा समूहकै सचिव नृपध्वज निरौलालाई मुख्य रजिष्ट्रार बनाउनुपर्ने माग थियो। सर्वोच्च अदालतको कर्मचारी यूनियनले न्यायसेवा समूहकै विशिष्ट श्रेणीको अधिकारीलाई मुख्य रजिष्ट्रार नबनाए आन्दोलन गर्ने चेतावनी दिएको थियो। पराजुली प्रधानन्यायाधीश भएर आएपछी निरौलालाई सर्वोच्चको रजिष्ट्रारबाट सरुवा गरेर वेपत्ता छानविन आयोगको सचिवमा पठाएका थिए। आयोगमा द्वन्दकालका घटना छानविन गर्ने र अभियोजन गर्ने निकाय भएकाले सरकारी वकील समूह अधिकृतलाई पठाउने गरिएको थियो। आफ्नो उमेर विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेको झोक पोख्न पराजुलीले निरौलालाई वेपत्ता छानविन आयोगमा पठाएको भन्दैअदालतभित्र आलोचना हुने गरेको थियो।
आजको न्यायसेवा आयोगले निरौलालाई न्याषरिषद्को सचिवमा सरुवा गर्न र आयोगमा भने सह न्यायाधीवक्ता कृष्णजिवी घिमिरेलाई बढुवा गर्ने सिफारिस पनि गरेको छ।