पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन्। पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परे पनि सिद्धान्त भने छोड्न नहुने धारणा समेत राखेका हुन्। सोमबार भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उनले राष्ट्रले लिएका मान्यताहरु व्यवहारिक र सबैलाई मान्य हुनुपर्नेमा पनि जोड दिए। पूर्वराजा शाहले रुखका पातहरु झरे पनि जराहरु फेरिन्नन् भन्दै दृष्टान्त पनि पेश गरेका थिए।
पूर्वराजा शाह उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत जान लागेका हुन्।
भारत बसाईका क्रममा उनी भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन्। पूर्वराजा शाहले यसअघि नेपालगंजमा हिन्दु राज्यको पक्षमा वकालत गरेका थिए।
https://youtu.be/NK98Snhfhq0