मन्त्रिपरिषद्को बैठकले सहिद घोषणालाई आज पनि निरन्तरता दिएको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले सशस्त्र द्वन्द्वका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुशन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।
पछिल्ला केही बैठकले निरन्तर रूपमा माओवादी सशस्त्र द्वन्द्वमा मारिएका मध्य माओवादी तर्फबाट मारिएकालाई शहिद घोषणा गर्दै आएको छ। यस्तै आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ।
बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय पनि गरेको छ। थप निर्णय हेर्नुहोस् भिडियोमा
https://www.youtube.com/watch?v=QMi8pp2AIqg&feature=youtu.be