माल्दिभ्स सरकारले देशमा संकटकाल घोषणा गर्दै प्रधानन्यायाधीश र विपक्षी दलका नेतालाई पक्राउ गरेको छ।
सोमबार राति सरकारी टेलिभिजनमार्फत् माल्दिभ्समा १५ दिनका लागि संकटकालको घोषणा गरिएको थियो।
राष्ट्रपति यमिन अब्दुल गयूमले केहीदिनअघि सर्वोच्च अदालतले राजनैतिक वन्दीलाई रिहा गर्न दिएको आदेशले सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको बताएका छन्।
सो आदेश सुनाउने प्रधानन्यायाधीश अब्दुल्लाह सहिदलाई पक्राउ गर्न प्रहरी अदालतभित्रै पुगेका थिए। सहिदसँगै अर्का न्यायाधीश अलि हमिदलाई पनि पक्राउ गरिएको छ। थप दुई न्यायाधीशको अवस्था अज्ञात रहेको सञ्चारमाध्यमले जनाएका छन्।
संकटकाल घोषणासँगै सरकारले प्रतीपक्षी दलका नेताहरुलाई पनि गिरफ्तार गरेको छ।
गिरफ्तार हुनेमा पूर्वराष्ट्रपति मोहम्मद अब्दुल गयूम पनि छन्। सन् १९७८ देखि २००८ राष्ट्रपति बनेका गयूम वर्तमान राष्ट्रपतिका सौतेनी दाइ हुन्।
अघिल्लो हप्ता सर्वोच्च अदालतले थुनामा रहेका विपक्षी दलका १२ सांसदलाई पनि रिहा गर्न आदेश दिएको थियो। ती सांसद पनि हुँदा राष्ट्रपति यमिन अब्दुल गयूमले संसदमा बहुमत गुमाउने छन्।