सहमति नभएपछि नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ। हालसम्म डोरमणि पौडेल (मकवानपुर) र पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ) ले उम्मेदवारी दर्ता गरेको एमाले नेता रामेश्वर फुँयालले जानकारी दिए।
फुँयालका अनुसार यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले भने संसदीय दलको नेताका लागि उम्मेदवारी दिएनन्।
मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुनेछ।
यो प्रदेशमा एमाले एक्लैको बहुमत छ। एमाले संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्नेछ।