एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन्।
यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय दलको नेतामा राईसँग भीम आचार्य भिडेका थिए।
राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ।
जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा भएको हो।