प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। प्रदेश सभामुखमा शाहीका विरुद्ध कसैको उम्मेदवारी नपरेपछि उनी सभामुख चुनिएका हुन्।
शाही दैलेख-२ (ख) प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
यो प्रदेशमा माओवादी केन्द्र र एमालेबीच मुख्यमन्त्री र सभामुख बाँड्ने सहमति भएको थियो।
यो प्रदेशमा माओवादीले कालिकोटका महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।